• धादिङ, २० असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

     

    गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी आफैंले उपचारको लागि काठमाडौं लगेका थिए । घाइतेको अवस्था चिन्ताजनक रहेको छ । रामजीलाई चितवनको राप्ती नगरपालिका वडा नं १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छन् ।

    दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

    बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…