• उर्लाबारी । मोरङको रतुवामाई १० सोमबारेस्थित राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलमा यस प्लस टु कक्षा सन्चालन हुने भएको छ ।
    अत्याधुनिक सुविाधा सम्पन्न कक्षामा यस वर्ष कक्षा ११ मा कम्युटर साईन्स सहितको म्यानेजम्याण्ट बिषयमा अध्यापन हुने विद्यालयका प्रिसिन्पल विश्वास ढकालले बताउनुभयो ।
    उहाँका अनुसार एईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याएर उत्तिर्ण हुने विद्यार्थीलाई विशेष छुट सहित छात्रबृत्ति पनि उपलब्ध हुनेछ । गुणस्तरीय शिक्षामा अब्बल राष्ट्रनिर्माणले नै प्लस टुको मान्यता पाएसँगै अभिभावकहरुमा खुशी छाएको छ भने विद्यार्थीहरुमा अन्यत्र पढ्न जाने बाध्यता घटेको छ ।

    राष्ट्रनिर्माण नै किन ?
    राष्ट्रिय निर्माण बोर्डिङ स्कुलले लामो समयदेखि गुणस्तरीय शिक्षा दिदैं आएको छ । आफूलाई प्रचारमुखीभन्दा गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै आएको छ । सुविधासम्पन्न कक्षाकोठा,तालिमप्राप्त शिक्षक र प्रर्याप्त शैक्षिक समाग्रीको व्यवस्था मिलाएर शैक्षिक गुणस्तरमा ध्यान पुर्याएको राष्ट्रनिर्माण राष्ट्रनिर्माण २१ औं बर्षमा पुगेको छ । यो अवधि सम्म आईपुग्दा अभिभावक तथा विद्यार्थीहरुको मन झन झन जित्न सफल छ ।

    शिक्षाको क्षेत्रमा यस विद्यालयले २०५४ सालमा १३ शिक्षक तथा कर्मचारी र २५१ विद्यार्थीहरुबाट उज्यालो ज्ञानको ढोका खोलेको थियो । विद्यालयले उपलब्ध गराउने शिक्षाको गुणस्तरका आधारमा विद्यार्थीको भविष्य निर्धारण हुन्छ । विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको सुमधुर सम्बन्धमा नै विद्यार्थीको प्रगति निर्भर हुन्छ । यसको प्रत्यक्ष लाभ प्रथमतः स्वयम् विद्यार्थी, अभिभावक, विद्यालय र सिङ्गो समुदायलाई हुन्छ । बाहिरी आकर्षण भन्दा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्रियाशील अभिभावकहरुको छनौटको यस विद्यालयले नवीन शिक्षा प्रणालीद्वारा विद्यार्थीको आवश्यकता पूरा गर्दै आइरहेको छ ।

    विद्यालयमा भौतिक पूर्वाधार लगायतमा कुनै पनि कमी हुन नदिने र अन्तर्राष्ट्रिय स्तरको पाठ्य सामाग्री छनौट गरेर त्यही अनुरुपका विद्यार्थी उत्पादन गर्ने लक्ष्य छ । अबको शिक्षा भनेको नगदे वाली जस्तो हुनुपर्नेमा विद्यालयको जोड छ । जब स्कुले शिक्षा पुरा गरेपछि विद्यार्थीले आफ्ना रुची अनुसारको काम तुरुन्तै पाउन सकोस र अध्ययनलाई गति दिन सक्ने खालको बनाउनु आवश्यक छ ।

    अव्यवहारिक शिक्षाले अहिले हजारौं कलिलाहात अरबको तातो मरुभुमीमा पसिना र श्रम बगाईरहेको अवस्थाको अन्त्य गर्न सीपमूलक व्यवहारिक शिक्षाको खाँचोको महसुस राष्ट्रनिर्माण स्कुलले गरेको प्रिन्सिपल ढकाल बताउनुहुन्छ । राष्ट्रनिर्माणले विपन्न परिवारका विद्यार्थीलाई छात्रबृत्रि दिने,आफ्ना विद्यार्थी जटिल विरामी भए सहयोग दिने तथा जुटाउने काममा पनि क्रियाशिल हुदैं सहयोग गर्दै आएको अर्का शिक्षक अनिल खनालले बताउनुभयो । अझ विद्यार्थीको प्रतिभालाई उजागर गर्न संगीत तथा नृत्य शिक्षक समेत राखेको छ । जस अनरुप स्थानीय स्तरमा हुने प्रतियोगितामा विद्यार्थीहरुले स्कुलको नाम उचो राखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…