• रातोकलन अनलाइन!
    क्वालालम्पुर ,असार-२०

    तेह्रथुम जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न पेशा ,ब्यबसाय तथा रोजगारीमा रहेका तेह्रथुमेलिहरुका एकताको निमित्त गठित तेह्रथुम मलेशिया सम्पर्क मन्चले नेपाली राजदुतावास लाई जानकारीको लागि जज्ञापनपत्र बुझाएको छ।

    सामाजिक सेवा अन्तर्गत रहेर काम गर्ने उदेश्य लिएर गठित सस्था २०११ मा स्थापना भएको हो।पहिलानै सस्था गठन भएता पनि बिचमा खासै सकृय हुन सकेको थिएन। सोही सस्थालाइ निरंतरता दिदै २०१५ सालमा प्रेम खापुङ सुब्बाको अध्यक्षतामा पुनर्गठन भए पश्चात् मञ्चले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

    यसैबीच हिजो जुलाई ४ तारिखमा मलेसियाका लागि नेपालका राजदुत श्री उदयराज पाण्डेसँग सम्पर्क मञ्चका अध्यक्ष प्रेम सुब्बाको नेतृत्वमा गएको टोलिले राजदुतावास क्वालालम्पुर मलेसियामा संस्था स्थापनाको जानकारी संगै ,मलेसियामा नेपाली श्रमिकहरुले भोग्नु परेको समस्याका बारेमा भेटघाट पछी छलफल गरेको छ ।

    अध्यक्ष सुब्बाले राजदुत पाण्डेसँग भएको छलफलमा नेपाली श्रमिकहरुले भोग्नु परेको समस्याका सवालमा राजदुतावासको ध्यानाकर्षण भएको ,नयाँ श्रम सम्झौता आएपछि श्रमिकहरुको सवालमा पूरा जीवन विमाको सुविधा,कम्पनीले नेपाली कामदारहरुलाई पूरा उपचार खर्च प्रदान गर्ने व्यवस्था,अन्य सेवा विभिन्न कम्पनीसँग भएको सम्झौतानुसार दिलाउन राजदुतावास तयार रहेको र श्रमिकहरुमा आईपरेका समस्याहरु समाधान गर्ने बताएका छन ।

    सम्पर्क मन्चले अहिले सम्म गरेको समाजिक कामहरूको विवरण समेत सार्बजनिक गरेको छ। जसमध्ये , तेह्रथुम छथर गाउँपालिका ओख्रे कि मृगौला पीडित खिनमाया लिम्बु बचाउ अभियान मा रु. १२५८५२ सहयोग गरेको थियो यसैगरी जिल्लाको चुहानडाडा अग्नि पीडित को सहयोगार्थ चलाइएको अभियानमा २६ हजार नेपाल रुपैयाँ प्रदान गरेको थियो।

    तेह्रथुम फेदाप गाउँपालिका निवासी दुबई जेलमा मृत्युदण्डको सजाय सुनाइएका खड्ग बहादुर जोगी बचाउ अभियानमा पनि ४ लाख ७६ रुपैया सङ्कलन गरि सहयोग गरेको तथ्यांकमा उल्लेख छ। यसैगरी बाके जिल्ला बैजनाथका करेन्ट लागेर हात खुट्टा गुमाएका बुद्धिमान कुवर लाई १ लाख २ हजार तीस रुपैयाँ साथै क्यान्सर पीडित तेह्रथुम लाली गुराँस नगरपालिका वडा न ८ निवासी टिका माया बिश्वकर्माको सहयोग अभियान मा रु ७९,११९ सहयोग गरेको छ ।

    युवाहरु लाई आत्मनिर्भर बनाउन नेपाल सरकारका जनप्रतिनिधि हरु सङ समेत प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि सन्चालन गर्दै आएको छ । यसको अलावा एफ.एम रेडियोमा कार्यक्रम प्रयोजन गरि समाज मा रहेका प्रतिभा हरु लाई प्रोत्साहन गर्दै क्षमता बिकासमा सहयोग गर्ने प्रयास गरिरहेको छ ।भने यी कार्यक्रम तेह्रथुम को मेन्छ्यायेम एफ.एम बाट प्रसारण भई रहेको अध्यक्ष सुब्बाले हाम्रो रातोकलम डटकम लाई जानकारी दिएका हुन।

    मञ्चको पुनर्गठित समिति सदस्यका पदाधिकारीहरूको नामावली यश प्रकार रहेको छ।

    १)अध्यक्ष :- प्रेम खापुङ सुब्बा
    २)उपाध्यक्ष :-तोया रोसन ढकाल
    ३)सचीव :-रमेश थापा
    ४)सह सचिव:- मनिराज दर्नाल
    ५)काेषाध्यक्ष :-देबेन्द्र तामाङ
    ६)सदस्य :-कुमार लिम्बू
    ७)सदस्य :-महेन्द्र बस्नेत
    ८)सदस्य :-कुमार बि क
    ९)सदस्य:- राजेन्द्र कार्की
    १०)सदस्य:- कमल रावत
    ११)सदस्य :-कमल अधिकारी
    १२)सदस्य :-सोबित बस्नेत
    १३)सदस्य :-निर्मल लिम्बु
    सल्लाहकार समिति
    वरिष्ठ सल्लाहकार:- डेविट श्रेष्ठ
    प्रमुख सल्लाहकार :- सुर्य कार्की
    सल्लाहकार :- मुकुन्द सङ्ग्रौला
    सल्लाहकार:- राजेन्द्र खापुङ
    मानर्थ सदस्य:- इन्द्र नारायण लिम्बु

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…