• मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
    क्षितिज युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको शुक्रवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा वासा एफसी फुटबल क्लब चन्द्रगढीलाई ३–२ को गोल अन्तरले हराउँदै सेन्टरले फाइनलको यात्रा तय गरेको हो । सेन्टरले २३ गते सोमवार हुने फाइनल खेलमा गाडागल्ली फुटबल क्लबसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । जितका लागि सेन्टरका तर्फबाट मिलन राईले २ र खमिरगिल्सन कन्दङ्वाले १ गोल गरेका थिए । चन्द्रगढीका तर्फबाट श्याम मुर्मु र सविन मगरले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चन्द्रगढीका सविन मगर भए । उनलाई आयोजक क्लबका अध्यक्ष सन्तोष गिरी र मुख्य प्रायोजक विकास लावतीले ट्रर्फी प्रदान गर्नु भयो ।
    प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजार पाउने क्लबका उपाध्यक्ष कृष्ण तामाङले बताउनु भयो । १५ गतेबाट सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…