काठमाडौं । सार्वजनिक पदमा पुग्ने वित्तिकै र बाहिरिने वेलामा सम्पत्ति विवरण बुझाउनु पर्ने सरकारी नियम उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उल्लंघन गरेको छ ।
यादवले अहिलेसम्म आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न अटेर गरिरहेका छन् । गत जेठमा केपी शर्मा ओली सरकारमा सहभागी भएका समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले एक वर्षसम्म एक महिना पूरा हुँदासम्म सम्पत्ति विवरण नबुझाएका हुन ।
समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका अन्य २ मन्त्रीले पनि अझैसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको आधिकारिक वेइभसाइट डब्ल्यरडब्ल्युडब्ल्यु ओपिएमसिएम डट जिओभि डट एनपिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादव, शहरी विकास मन्त्री मोहम्मद इश्यियाक राइ, तथा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवलको सम्पत्ति विवरण नबुझाएको उल्लेख छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सुरु भएको ६० दिन भित्र हरेक वर्ष आफ्नो र आफ्नो परिवारको नाममा सम्पत्ति विवरण तोकिएको ठाउँमा बुझाउनु पर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ ले गरेको छ ।
यादव र उनको पार्टीका मन्त्रीहरुबाहेक अन्य पार्टीका मन्त्रीहरुले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नो सम्पत्ति विवरण अझै सार्वजनिक नगरेको ओभसाइटमा देखिन्छ ।
गत बर्ष प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुँदा केही मन्त्रीको सम्पत्ति विवरण बारेमा चर्चा र टिप्पनी भएको थियो ।
मन्त्रीहरुले प्रस्तुत गरेको सम्पत्ति विवरणको स्रोतबारेमा अनेक टिप्पणी उठेका थिए । ओली सरकारले गत वर्ष सार्वजनिक गरेको सम्पत्ति विवरण पनि समयमा गरिएको थिएन ।
लामो समय पछि ओली सरकारले आफ्नो र आफ्नो मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । अभियान टाइम्सका साथमा ।