काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
भूकम्पको धक्का २०७२ वैशाख १२ गतेकै पराकम्प भएको केन्द्रले जनाएको छ ।