• अर्जुन जम्नेली राई
    मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य प्रदेश बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
    आज (असार २१) गते मोरङको पथरीशनिश्चरे नगरमा आयोजित स्वास्थ्य जीवन प्रबद्र्धन अभियान शुभारम्भ समारोह कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । कार्यक्रम प्रदेशमा स्वास्थ्य चेतना जगाउने उदेश्यले प्रदेश सरकारले ल्याएको बताउदै स्वास्थ्य जीवनको लागि खानपान, योग, ध्यान र व्यायम तथा नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको बताए ।
    नेपालीहरुले परम्परागत रोटी, ढिंडो, भुटेको मकै भट्मास, दहीमही विर्सेर चाउचाउ र कोक फ्यान्टामा लागेको कारण मानिसमा रोग बढ्दै गएको बताए । दैनिक सुई लगाएको घिरौला, लौका र कुखुराको मासुले स्वास्थ्य खराविहुदै गएकोले सचेत रहनुपर्ने मन्त्री घिमिरेको भनाइ थियो ।

    पथरीशनिश्चरे नगरपालिकाको प्रमुख दिलिप राईको सभापतित्वमा भएको कार्यक्रममा मोरङ जिल्ला समन्वय समितिको अध्यक्ष नरेश पोख्रेल, हास्य कलाकार तथा कार्यक्रमको स्वास्थ्य प्रवर्धन समन्वय सद्भावना दुत सीताराम कट्टेल(धुर्मुस), पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना विष्ट लगायतले बोलेका थिए । प्रदेश सरकारको योजना, स्वास्थ्य कार्यालय मोरङको आयोजना र नगरपालिकाको व्यवस्थापनमा भएको हो । औपचारिक कार्यक्रम अघि पथरी बजार सरसफाइ तथा योग अभ्यास भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…