• काठमाडौं, २२ असार । मुलधारको राजनीतिमा आएको पाँच महिना पुग्न लाग्दापनि सिके राउतले अझै स्वतन्त्र मधेसको मुद्दा त्याग्न सकेका छैनन् ।

    जनमत पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरी अध्यक्ष बनेका राउतले स्वतन्त्र मधेशको नाममा विजारोपण गरेको गतिविधि कायमै मधेसमा कायमै छ ।

    सके राउतको अफिसियल फेसबुक डा. सिके राउतमा स्वतन्त्र मधेशका माग उठाइएका सबै दस्तावेजहरु अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । उनको व्यक्तिगत भनिएको वेवपेज डब्लुडब्लु डट सिकेराउतडट कममा पनि ‘स्वतन्त्र मधेश’ का सबै दस्तावेजहरु यथावत छन् ।

    राजनीतिको मूलधारमा आइसकेका राउतको फेसबुकमा राखिएको बायोग्राफीमा अहिलेसम्म स्वतन्त्र मधेश गठबन्धनको संयोजकको रुपमा उनकै नाम उल्लेख छ ।

    उनले नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक प्रशिक्षण दिँदा मधेश ‘स्वतन्त्र राष्ट्र’ भइछाड्ने तर त्यसका लागि धैर्य गर्नुपर्छ भन्दै आएको जानकारहरु बताउँछन् ।

    उनले आफ्नो वेवसाइटमा राखेका दस्तावेजहरुको बारेमा नेता तथा कार्यकर्तालाई देखाउँदै प्रशिक्षण दिइरहेका हुन्छन् ।

    सरकार र सिके राउतको गठबन्धनसँग भएको ११ बुँदे सम्झौताको ६ नम्बर बुँदामा लेखिएको छ–‘स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन ।

    अगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’

    यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने भनिएकै आधारमा उनले त्यसरी खुलेआम आफ्ना ‘स्वतन्त्र मधेश’सम्बन्धी सामग्रीहरु खुलेआम राखेको हुन सक्ने एकाथरिको टिप्पणी छ ।

    विखण्डनको मुद्दालाई, स्वतन्त्र मधेशको आन्दोलनलाई परत्याग गर्दै राजनीतिको मूलधारमा प्रवेश गरिसकेका सिके राउतको नाममा उनकै फेसबुक र वेवपेजबाट त्यस किसिमको सामग्रीहरु निर्वाध प्रकाशित, प्रशारित भइरहनुको अन्तर्य के हो ?

    के सिके राउतको राजनीतिमा प्रवेश शक्ति सञ्चयको रणनीति मात्रै हो वा त्यस किसिकमको क्रिया–प्रतिक्रियालाई कडाइका साथ रोक लगाउन नचाहनु नसक्नु सरकारको लुतेपन हो ? स्वभाविक रुपमा प्रश्नहरु उठ्न थालेका छन् ।

    जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले आफूहरु ११ बुँदे सम्झौताअनुसार मूलधारको राजनीतिमा आइसकेको भन्दै सहमतिअनुसार नै अघि बढ्न प्रतिबद्ध रहेको बताउँछन् ।

    विगतका भएका दस्ताबेजलाई एक इतिहासको रुपमा बुझ्न आग्रह गर्दै उनले अहिले पार्टी सरकारसँग भएको सहमतिअनुसार अघि बढिरहेको बताए ।

    ‘अहिले हामी राजनीतिको मूल धारमा आएका छौं, यो भन्दैमा पुराना कुरा सबै नष्ट गर्नुपर्छ भन्ने होइन, पुराना दस्तावेजलाई एक इतिहासको रुपमा लिन सकिन्छ’, उनले भने, ‘जनमत पार्टी गठन भइसकेको छ । हामी अहिले पार्टीको एजेण्डाअनुसार गतिविधि गरिरहेका छौं । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…