•  

    काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो।

    बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलफूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए। बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाए।

    सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलफूल तथा तरकारीको आयात रोक्न आग्रह गरे। अर्का सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे। उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

    सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुनेगरी बाटोघाटोको निर्माण कार्य रोक्नुपर्ने, कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमिकरण बन्दै गएको, उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको, कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको, खेमप्रसाद लोहनीले सीतापाइला धार्के सडकको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…