• मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी जितेको हो । उपाधीसँगै काँकरभिट्टाले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्ता गरेको .छ । उपविजेता बनेको गाडागल्लीले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी काँकरभिट्टाका मिलन राई, सर्वाधिक गोलकर्ता गाडागल्लीका विक्रम राई र खेलको म्यान अफ द म्याच काँकरभिट्टाका योगेश गुरुङ भए । उनीहरुले डम्बर रञ्जितकारले सौजन्य गर्नु भएको जनही नगद नगद दुई र ट्रफी प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष योगन थापा, मुख्य प्रायोजक विकास लावती, आयोजकका अध्यक्ष सन्तोष गिरी, वडा सदस्य नारायण खड्का, समाजसेवी दिलिप सुब्बालगायतलो पुरस्कार प्रदान गरेका थिए । यसैगरी, फाइनल खेल अघि भएको झापा ११ पत्रकार र आयोजक कमिटिबिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम २–१ गोल अन्तरले विजयी बनेको थियो । पत्रकारको तर्फबाटा देबु बानियाँ कप्तान थिए भने आयोजकका तर्फबाट सुभाष सेलीङको कप्तानिमा फुटबल खेल खेलको थिए । कार्यक्रमको सञ्चालन भूमिका सुब्बाले गरेकी थिइन् ।










सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…