• काभ्रे, २३ असार । काभ्रेमा एक महिलाले सिरिन्ज आक्रमण भयो भन्दै प्रहरीमा उजुरी दिए पछि काभ्रेमा यति खेर तनाव स्थिति सृजना भएको छ । प्रहरीले उत्त उजुरी आउना साथ प्रहरी तत्काल परिचालित भई सिरिञ्ज आक्रमणको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० जयराज सापकोटाले ‘पीडितको भनाई अनुसार खगेन्द्र पाठकले सिरिञ्ज हानेको हो भनेपछि आक्रमणको आशंकामा नियन्त्रणमा लिएको बताए ।

    काभ्रे प्रहरी प्रमुख सापकोटाले भने विहान बसमा यात्रा गरेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएकी थिइन । तत्काल प्रहरी परिचालन पनि भयो ।

    शुरुमा स्थानीयले समातेका पाठकलाई जोगाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । स्थानीयले पाठकलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको छ ।
    बनेपाको चारदोवाटोमा पक्राउ गरिएका पाठकलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको एस्पी सापकोटाले जानकारी दिए ।

    सञ्चार्कर्मि रोजन तामाङका अनुसार स्थानीयबासीले पठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । ।

    पाठकले भने आफुले सिरिन्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाई छ ।

    पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको सञ्चारकर्मी कपिल कोईरालाले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…