• काठमाडौं। नेपाली कांग्रेसले औपचारिक रूपमा आफ्नो केन्द्रीय समिति बैठकमार्फत पहिलोपटक १४औं महाधिवेशनको विषयलाई एजेन्डाका रूपमा राखेको छ । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संशोधन भएको विधानअनुसार आठ तहको संरचना छ । टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहको संरचना रहेको कांग्रेसमा यतिबेला ७५ जिल्ला र केन्द्रको मात्रै पूर्ण संरचना छ ।
    पछिल्लोपटक निर्वाचनका बेला परिवर्तन भएका निर्वाचन क्षेत्र तथा गाउँपालिका तथा नगरपालिकाका सीमा हेरफेर भएका स्थानीय तहमा समेत कांग्रेसको संरचना भताभुंग छ ।

    यस्तो अवस्थाबीच नै कांग्रेसले १४औं महाधिवेशनका लागि पार्टीको विधानमा रहेको संक्रमणकालीन व्यवस्थाअनुसार आगामी भदौभित्रै सबै तहका संरचना बनाएर महाधिवेशनमा जाने गरी शीर्ष तहमा सहमति गरेको छ ।
    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा रहेको अन्तरिम व्यवस्थाअनुसार सबै तहको संरचना बनाएर महाधिवेशनको कार्यतालिका ल्याउने गरी सहमति भएको बताए ।

    पहिले भदौभित्रै विधानअनुसार संक्रमणकालीन व्यवस्थामा टेकेर सबै संरचना बनाउने र त्यसपछि १४औं महाधिवेशनको कार्यतालिका ल्याउने गरी सहमति भएको हो
    रामचन्द्र पौडेल
    वरिष्ठ नेता, कांग्रेस

    ‘पहिले भदौभित्रै विधानअनुसार संक्रमणकालीन व्यवस्थामा टेकेर सबै संरचना बनाउने र त्यसपछि १४औं महाधिवेशनको कार्यतालिका ल्याउने गरी सहमति भएको हो,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । उनले खुरुखुरु काम गरेर पार्टीलाई अब महाधिवेशनमा लैजानुको विकल्प नरहेको समेत बताए ।
    ‘यही वर्ष सकिन्छ भने गरौं, होइन भने एक महिना वा दुई महिना कति सार्नुपर्ने हो तोकेर सारौं, तालिका बनाएरै काम गरौं, ढिला गरेर भएन, खुरुखुरु काम हुनु प¥यो,’ पौडेलले थपे ।

    आइतबार महाधिवेशनको विषय केन्द्रीय समिति बैठकको एजेन्डाका रूपमा प्रवेश नहुँदासम्म नेताहरूबीच मतभेद देखिएको थियो । तर, साँझ अबेर भएको सहमतिपछि मात्रै महाधिवेशनको विषयले बैठकको एजेन्डाका रूपमा प्रवेश पाएको थियो ।
    पौडेलसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत महाधिवेशनको विषयलाई एजेन्डाका रूपमा नल्याएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने र बैठकको कुनै औचित्यसमेत नरहने भन्दै सभापति शेरबहादुर देउवालाई त्यसका लागि तयार भए मात्रै बैठक बस्ने भनेपछि आइतबार २ बजेका लागि डाकिएको बैठक ढिला गरी साँझ ७ बजे सुरु भएको थियो ।
    अनौपचारिक बैठकका क्रममा पौडेलले देउवालाई कार्यतालिका नै ल्याउन दबाब दिएका थिए । तर, सो विषयमा भने देउवा सहमत नभएपछि सिटौलाले पहिले संक्रमणकालीन व्यवस्थाअनुसार सबै तहको निर्वाचनमार्फत संरचना बनाउने र त्यसपछि महाधिवेशनको कार्यतालिका ल्याउने गरी सहमतिमा जान देउवालाई सुझाएका थिए ।

    दिनभरको छलफल पछि सिटौलाको सो प्रस्तावमा सभापति देउवा सहमत भएपछि साँझपख मात्रै सभापति देउवा पार्टीको विधानमा रहेको संक्रमणकालीन व्यवस्थाअनुसार पार्टीका सबै रिक्त तहको संरचनाको पूर्ति गरेर महाधिवेशनमा जान सहमत भएका थिए । त्यसपछि बैठकको दोस्रो नम्बरको एजेन्डाका रूपमा १४औं महाधिवेशनले प्रवेश पाएको थियो ।
    विधानतः केन्द्रीय समितिको कार्यकाल आगामी फागुन मसान्तमा सकिँदै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…