• रातोकलम अनलाइन।
    दीप खादी लिम्बू
    क्वालालम्पुर-२४ असार 

    नेपाली राजदुतबास मलेशियाले सोमबार दूतावासकै सभाहलमा मलेशियामा कार्यरत श्रमिकहरुको अवस्था बुझ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।मलेशियाका लागि महामहिम राजदुत उदयराज पाण्डेको अध्याक्षतामा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्रालय सामान्य प्रसाशन महाशाखा, नीति योजना, बिकास कुटनैतिक महाशाखा प्रमुख काली प्रसाद पोखरेल, अर्थ मान्त्रालयका उपसचिव थान प्रसाद पंगेनी साथै परराष्ट्रमन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधि लगायत मजदुरहरुले सहभागीता जनाएका थिए।श्रमिकहरुको तर्फबाट बक्ताहरुले दुतावासको सेवा र सुबिधालाई स्तर उन्नति गर्नु पर्ने, अलपत्र परेका नेपालीहरुलाई उद्धार गरि राख्न सेल्टरको स्थापना तत्काल गर्नु पर्ने, नेपाली उत्पादन तथा पर्यटनलाई प्रबर्द्धन गर्न डेक्सको स्थापन गर्नु पर्ने, नेपाली ब्यबसायीहरुको लागि नितिगत तथा कुटनैतिक तवरबाट अनकुल वातावरण निर्माण गर्नु जस्ता बिसयहरुको जोडदार उठान गरेका छन।

    मलेसियाको बैदेशीक रोजगारी नेपालीहरुको लागि उपयुक्त नै भएको तर नेपाली श्रमिकहरुका लागी पुर्णरुपमा सुरक्षीत रोजगारको नीति लाई कार्यनयन गरि मलेसियाको बैदेशीक रोजगारी तत्काल खोलिनु पर्ने बिषयमा मलेशियाका नेपाली म्यानपावर ब्याबसायिहरुले आफ्ना धाराणा राखेका थिए।
    जिज्ञासा, समस्या र सुझावहरुको सुनुवाइ पश्चात् कार्यक्रममा बोल्दै महाशाखा प्रमुख पोखरेलले बैदेशिक रोजगारीको मुख्य गन्तव्य बनेका देशहरुमा श्रमिकहरु सम्बन्धि धेरै समस्या आउने गरेको र बिशेष गरि मलेसियाको समस्या प्रति गम्भीर रहेको प्रष्ट पारे।

    महासाखा पोख्रेलले नेपाल सरकारको सम्बन्धित निकायमा श्रमीकहरुको हक हित र अधिकार सुरक्षित हुने नीति कार्यनयन गर्न सुझाव दिने बताएका छन। भने समस्या समाधान, नेपाली उत्पादन र पर्यटन प्रबर्द्धनका लागी सबै संघ संस्थालाई दुतावास संग सहकार्य गर्न पनि आग्रह गर्नुभएको हो।नेपाल सरकारले विभिन्न देशमा रहेका नेपालीहरुको लागी गैर आवासीय नगरिकता निति ल्याउने तयारी गरिरहेको र यस नितिले बिदेशमा हासिल भएका सीप, ज्ञान, प्रबिधि र पुजीलाई नेपालको बिकासको लागि नै लगानी गर्ने नीति रहने पनि पोखरेलले बताउनु भयो ।

    यसै क्रममा अर्थमन्त्रालयका उपसचिव थान प्रसाद पंगेनीले मलेसियाको दुताबास बिगतमा भन्दा धेरै नै सुधार भएको साथै अझै धेरै सेवा तथा सुबिधा थप गर्ने नेपाल सरकारको नीति अनुसार लगभग एक दशक अगाडि मलेसियाको राजधानी पुत्राजयामा सरे संगै तेस क्षेत्रमा नेपाली दुतावासको भवन निर्माणका लागि जग्गा खरिद गरेको छ र भवन निर्माणका लागि प्रत्येक बर्ष बजेट छुटिए पनि मलेसियाको कानुनि प्रकृया र नेपाल दुतावास प्रमुखहरुको कम सकृयताले ढिला भएको बताउनु भयो । अब अनुभबि राजदुत मलेसियाले पाएको छ। उहालाई सबै संघ संस्थाले साथ सहयोग गरी दुतावासको काम कार्वाही र सेवा सुविधा गुणस्तरीय बनाउन अनुरोध गर्नुभएको छ । अर्थ मन्त्रालय आबश्यक सहयोग गर्न तत्पर रहेको बताए।

    त्यसैगरी मेनपावर ब्यवसायीका सञ्चालक मलेसियाका अध्यक्ष कमल गौतमले नेपाली श्रमिकहरु मलेसिया ल्याउनु पाउनुपर्छ भन्ने बिसयमा जोडदार माग गरेका छन्।उक्त कार्यक्रममा मलेसियामा रहेका केही ब्याक्तीहरुले मलेसियाको श्रम सधैंका लागि बन्द गरियोस् र देशमै युवाहरूलाई रोजगारीको सिर्जना सरकारले गर्नुपर्छ। भन्दै माग समेत गरे।सोही कुरामा बिपरित कुरा राख्दै गौतमले घुमाउरो पारामा तपाईंले आर शिसी को घर बनाई सक्नु भयो अरु लाई पनि पालो दिनुहोस् भनेर थपे।
    सोही कुरालाई मध्यनजर गर्दै नेपाली दूतावास मलेसियाका राजदूत उदयराज पाण्डेले व्यंग्यात्मक शैलीमा गाईको बाछा झोलामा अठ्दैन्न भन्ने जबाफ दिनु भएको थियो !

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…