• बिराटनगर । विराटनगर पोखरिया – १ मा रहेको श्री एजेलिया माद्यमिक विद्यालयले कानून विषयमा यसै शैक्षिक सत्र २०७६ देखि अध्यापन गराउने भएको छ ।

    कुशल व्यवस्थापनद्धारा सञ्चालित एजेलियामा दक्ष, सीपमूलक तथा रोजगारीको अति सम्भावना बोकेको यस विषयमा विगत बीस वर्षदेखि खट्किएको अभावलाई पूरा गर्ने उद्देश्यसहित आफ्नै भवनमा उक्त विषय अध्यापन गराइने भएकाले कानून विषय पढ्ने विद्यार्थीहरूलाई सहज हुने अपेक्षा गरिएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले बताउनु भयो ।

    हामीले यसै सत्रदेखि व्यव्स्थान र कानुन विषयको लागि विराटनगर महानगरपालीकाबाट स्वीकृती पाए पनि यसपाली कानुन विषयमा मात्र अध्यापन गराएको प्रिन्सिपल बजगाईले बताउनु भयो । स्कूलले कानुन विषय अध्यापन शुरु गरेपछी विद्यार्थीहरु एजेलीयामा आकर्षीक भएको प्रन्सिपल बजगाईले बताए । उनले भने मैले कक्षा ११ को कानुन विषय अध्यापन गराउँने भनेर सामाजितक संजालमा राखेपछि प्रदेश १ र २ का विभिन्न जिल्लाबाट फोन गरि अध्ययनकोलागि रुचि राखेको बताउनु भयो ।
    यो विद्यालय विराटनगरकै उत्कृष्ट विद्यालयका रुपमा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…