• दमक  ।  दमक नगरपालिकाले यसवर्ष वितरण गर्न लागेको पत्रकारिता पुरस्कार विवादित वनेको छ । नगरपालिकाले पुरस्कारका लागि लिखीत रुपमा आवेदन नै माग गरेपछि पत्रकारहरु विवादित वनेका हुन् । आवेदनका विषयलाई लिएर अधिकांस पत्रकारहरुले त्यसको विरोध जनाउदै सहभागिता नै जनाएनन् । यसै त पछिल्लो समय स्थानिय सरकारले गरेका बेथितिहरुको सञ्चारमाध्यममा सार्वजनिक हुन थालेपछि पत्रकारलाई पुरस्कार र सहयोग दिन थालेको भन्दै बिबादित भैरहेका बेला दमक नगरपालीकाले पुरस्कार पाउनको लागी पत्रकारहरुले निवेदननै हाल्नु पर्ने नियम बनाएपछि नगर क्षेत्रमा क्रियासिल धेरै पत्रकारहरुले त्यसमा विमती जनाएका छन् ।

    पुरस्कार छनौट गर्न नगरपालिका प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन गरेको थियो । त्यसको सदस्यद्वयमा अग्रज पत्रकार गञ्जबहादुर दाहाल र मनकुमार गदाल रहेका थिए । दाहाल पूर्वसन्देस दैनिकका सम्पादक हुन् भने गदाल पत्रकार मञ्चका विवादित अध्यक्ष हुन् । असार १९ गतेसम्म म्याद खुलाएर पुरस्कारका लागि नगरप्रमुख स्वमले पत्राचार गरेका थिए । व्यक्तिगत तथा अन्य विवरण उल्लेख गर्न भनिएको प्रेसित पत्रमा नगरपालिको र नगरसंग सम्बन्धित समाचार, लेख, रिपोर्ट कम्तीमा ३ वटा पेश गर्न माग गरिएको उल्लेख छ ।

    छनौट समितिका एक सदस्यका अनुसार तोकिएको आवेदनको समयभित्र ८ जनाले मात्रै इच्छा जनाएर फारम बुझाएका थिए । आवेदनमा तत्कालीन प्रस सेन्टर झापाका जिल्ला अध्यक्ष टिकाराम उप्रेती, झापा पोष्ट दैनिकका सम्पादक कृष्ण कार्की, गोपाल झापाली, भूमिराज पराजुली, राजु पोख्रेल लगायतले फारम भरेका थिए । ३३ जना पत्रकारलाई पत्राचार गरिएकोमा यति न्यून पत्रकारले मात्र आवेदनमा इच्छा जनाएका ती सदस्यले वताएका छन् ।
    स्थानिय सरकारले आप्mना कर्तुतहरु ढाकछोप गर्न पुरस्कारका नामा निवेदन हाल्न लगाएर पत्रकारको मान मर्दन गर्न खोजेकाले आफुले चासो नदेखाएको दमकमा क्रियासिल एक पत्रकारले बताए । नगपालीकाले पत्राचार गर्नु का साथै नगरपालीकाका कर्मचारीले फोननै गरेर आवेदन भर्न आग्रह गरे पनि आफुलाई नगरपालीकाको पुरस्कारमा कुनै चासो नभएकोले आवेदन नदिएको उनले बताए ।

    “पुरस्कार पाउँदा पनि सम्मान र गर्भको अनुभुति भए पो लिनु, भ्रष्टाचार र आफन्तको भर्ति गरेको भन्दै गनाएको नगरपालीकाले दिएको पुरस्कार लिएर के बदनाम बन्नु ।” ति पत्रकारले भने ।
    नगरपालिकाले वितरण गर्नु अघि पत्रकार मञ्चले नगरपालीकाकै सहकार्यमा वर्सेनी दमकका क्रियाशील र एक जना उदयमान पत्रकारिता पुरस्कार बाढ्दै आएको थियो । नगरपालिकाको सहयोगमा वितरण हुने पुरस्कार मञ्च निस्कृय भएका कारण तीन वर्षदेखि वितरण हुन सकेको थिएन । मञ्चले वितरण गर्न नसकेका कारण नगरपालिकाले आफनै अगुवाईमा सो पुरस्कार वितरण गर्न लागेको बुझिएको छ । पुरस्कारका लागि गोर्खापत्रका दैनिकका सवांददाता टिकाराम उप्रेती सिफारिस भईसकेको जनाईएको छ ।

    पुरस्कार नगरपालिकाले असार २७ का दिन नगर सभाको उद्घाटनमा वितरण गर्ने वताईएको छ ।
    यसैवीच, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आवेदन माग गरेर पुरस्कार दिने कार्य व्यवहारिक नभएको बताएका छन् । नगरपालिकाले स्थानीय पत्रकारजन्य संघसंस्थाहरुको समन्वयमा पुरस्कार छनौट गर्दा उपयुक्त हुने उनको सुझाव थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…