• काठमाडौं। भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहोरो भीडन्त हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार विहान आठ बजे गस्तीमा रहेकाे प्रहरी र विप्लव समूहका कार्याकर्ताबीच भीडन्त हुँदा दुई जनाको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। प्रजिअ खतिवडाका अनुसार भीडन्तमा नेपाल प्रहरीका जवान सन्जिप राईको मृत्यु भएको छ।

    यसैगरी विप्लव समूहतर्फ पनि एक जनाको मृत्यु भएको प्रजिअ खतिवडाले जनाए। ‘बुधबार विहान सवा आठ बजे भोजपुर सदरमुकाम नजिकै शनिवारे हटिया छेउमा प्रहरी र विप्लव समूहबीच गोली हाना हान हुँदा नेपाल प्रहरीका जवान सन्जिव राई र विप्लव समूहतर्फका निरकुमार राईको मृत्यु भएको छ,’ प्रजिअ खतिवडाले  भने, ‘गस्तीमा रहेका प्रहरीलाई लक्षित गर्दै विप्लव समूहका कार्यकर्ताले गोली प्रहार गरेपछि दुवैपक्षबीच गोली हानाहान भएको हो।’

    अहिले अवस्था नियन्त्रणमा आइसकेको उनले जनाए। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको र अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ। थप सुरक्षाकर्मी मगाउनुपर्ने अवस्था नरहेको प्रजिअ खतिवडाले जनाए। दुवै मृतकलाई जिल्ला अस्पतालमा राखिएको छ।

    सरकारले गत फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहानका घटना बढ्न थालेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…