• रातोकलम अनलाइन ।

    क्वालालम्पुर,

    असार-२५

    गैर आवासीय नेपाली संघ मलेसियाले जुलाई ९ तारीख गैर आवासिय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुमार पन्तलाई स्वागत तथा एनआरएनए सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेकोछ ।

    कार्यक्रममा एनआरएनए मलेसियाका सिमित पदाधिकारी र शुभचिन्तकहरुको उपस्थितिमा भएको हो।नेपाली ब्यबसायी, नेपली संघसंस्थाका प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको उपस्थिति भने शून्य थियो।

    कार्यक्रममा बोल्दै आफ्नो पोखरी फोहोर भए आफैले सफा गर्नु पर्ने भन्दै मलेसियाका सदस्य सबैलाई आग्रह गर्दै अधिवेशन नजिकिएको र यो अधिवेशन परीक्षा हो यसको राम्रो नतिजाको लागि मेहनत गर्नु पर्ने आईसिसि सदस्य विश्व बिक्रम राईले बताए ।

    यसै क्रममा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसियामा नेपालीहरुको ठुलो जमात रहेपनि एनआरएनए का सदस्य कम रहेकोले सदस्य वृद्धि र संगठन बिस्तारमा लागि पर्ने बताए ।

    अन्तरकृया कार्यक्रममा आफ्नो जिज्ञासा र सुझाव राख्दै प्रोफेसर धिरेन्द्र कोईरालाले एनआरएनए का मुख्य पदमा आउन सबैलाई सहज तरिकाको नीति हुनु जरुरी रहेको र पैसा र पावरको आडमा नेतृत्व चयन नहोस भन्ने सुझाव समेत दिएका छन।

    यस्तै गैर आवासीय नेपाली संघको अर्थ र महत्व नै मलेसियामा रहेको नेपालीहरुको ठुलो जमातले बुझेको छैन किन ? बैदेशिक रोजगारमा आएका नेपाली मात्र नभई केही पुस्ता देखि मलेसियामा बस्दै आएका नेपालीहरु पनि धेरै छनन।तर किन संगठित हुनु सकेका छैनन ? यो मलेसियाका समितिको कमजोरी कि नितिको कमजोरी हो ? जिज्ञासा राख्दै मलेसियामा २ बर्ष बसाई पश्चात् मात्र एनआनएनए को सदस्य हुन पाउने नीति श्रमिक मैत्री नभएको सुझाव नेपाल ब्याबसयी समाज मलेसियाका सचिब बिपिन राईले दिए ।

    देश भन्दा बाहिर रहेका ८० लाख नेपालीहरुलाई सामाजिक, संस्कृतिक र आर्थिकरुपमा संगठित गरि देशको बिकास गर्न गैर आवासिय नेपाली संघ स्थापना भएको हो । बिश्वका विभिन्न ठाउमा रहेर आर्जन गरेका सीप, ज्ञान, प्रबिधि र पुजीलाई संकलन गरि देशमै लगानी गर्ने हो।भने पनि नेपालको समृद्धि र बिकास धेरै छिटो गर्ने सकिनेछ । यसका लागि गैर आवासिय नेपालीहरुले मात्रै लगानी गर्न पाउने र लगानी सुरक्षाको सुनिस्चित गर्ने नेपाल सरकारको बिधानमै पारित भएको छ । केही प्रोजेक्टहरु सम्पन्न भैसकेको छ भने केही चालु रहेकोछ र अन्य थप प्रोजेक्टहरु ल्याउने योजानामा गैर आवासीय नेपाली संघ रहेको केन्द्रीय उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

    जब एक देशको नागरिक अर्को देशमा गएर १८२ दिन भन्दा बढि बसोबास गर्छन तब त्यस राज्यलाई कर तिर्नु पर्ने अन्तराष्ट्रिय कानुन छ । तेसै अनुसर हामी नेपाली पनि आफ्नो देश छोडरे बैदेशिक रोजगारीको लागि, ब्यबसाय र अध्यायनको लागि बिदेशमा बसोबास गर्ने सबै गैर आवासिय नेपाली हो सबैले एनआनएनए को सदस्य हुन पाउने प्राबधान छ । सदस्यता ग्रहण गरेका गैर आवासीय नेपालीहरुको लागि धेरै सुबिधा रहेको र थप सुबिधाहरु ल्याउने योजना पनि रहेको छ उपाध्यक्ष पन्तले बताए ।

    यो समाजिक कार्य भएकोले तछाड र मछाड गर्न जरुरी छैन एनआरएनए मलेसियामा चुनाबि प्रक्रियाबाट नेतृत्व चयन भएको ईतिहास छैन र त्यो कायम रहोस नेतृत्व सर्बसहमतिबाट नै चयन गर्ने एनआरएनए मलेसीयाक समितिलाई पन्तले आग्रह गरे ।

    यश कार्यक्रमको समापन एनआरएनए का आईसिसि सल्लाहकार संकर बहादुर पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…