• विराटनगर  – विराटनगर महानगरले प्रदान गरेको पुरस्कार पछि पत्रकार महासंघ मोरङले जारी गरेको प्रेस विज्ञप्ति संगै उत्पन्न समस्या समाधानका विषयमा पत्रकार महासंघ मोरङले बेवास्ता गरेको भन्दै प्रेसयुनियन मोरङले ध्यानाकर्षण गराएको छ ।

    प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेलद्धारा मंगलवार जारी प्रेस विज्ञप्तिमा महासंघद्धारा जारी विज्ञप्ति र त्यसमा प्रयोग भएका शब्दहरुका विषयमा आपत्ती जनाएको छ । पटक –पटक महासंघ संग भएको छलफलमा विज्ञप्तिमा भएका कमजोरी सच्याउने प्रतिवद्धता गरिएपनि हालसम्म कार्यान्वयनमा नआएको भन्दै युनियनले आपत्ती जनाएको छ ।

    पत्रकार महासंघले जारी गरेको बिज्ञप्तिमा प्रयोग गरिएका शब्दले पुरस्कृत श्रमजीवी पत्रकारहरुकै मानमर्दन भएको साथै आफ्नै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मानित हुदा महासंघले निरुत्साहित गर्न खोजेको बिज्ञप्तिमा उल्लेख छ ।

    पत्रकार महासंघले जारी गरेको बिज्ञप्तिमा प्रयोग गरिएका शब्दहरु भद्धा नाटक ,गौरबशाली ,संस्थाको तेजोवध गर्ने षड्यन्त्र,गैरपत्रकार र केही व्यक्ति तथा झुण्डको इसारा जस्ता शव्द प्रयोग गरिएको भन्दै प्रेस युनियनले आपत्ती जनाएको छ ।

    जारी बिज्ञप्तिमा महासंघका सभापतिले पुरस्कृत ब्याक्तिलाई बधाइ दिनु र केही समय नवित्दै पत्रकार महासंघले श्रमजीवी पत्रकारका विरुद्ध बिज्ञप्ति जारी गर्नु बिरोधाभाष भएको उल्लेख छ । यस्तै पत्रकार महासंघ पछिल्लो समय एकलौटी ढंगले सञ्चालन गर्ने मनसायका साथ प्रतुत भएको भन्दै युनियनले आपत्ती जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…