काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको साङ्केतिक विरोधस्वरुप विषादी परिक्षण गर्ने प्रयोगशाला निर्माणका लागि एक रुपैयाँ सहयोग संकलन अभियान शुरू गरेको छ।
भारतबाट आयात हुने तरकारीको सीमा नाकामा परिक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको विरोधमा संघले उक्त अभियान थालेको हो। अभियानअन्तर्गत बुधबार रत्नपार्कको शान्ति बाटिकामा प्रतिव्यक्ति एक रुपैयाँ सहयोग संकलन गरिएको छ। ‘म सरकार, मलाई सहयोग’ लेखेर राखिएको प्याकेटमा नेविसंघका नेता तथा कार्यकर्तालगायत सर्वसाधारणले समेत एक रुपैयाँ जम्मा गरेका थिए।