•  

    काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै उसका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

    यो चार महिनाको अवधिमा एक जना सर्वसाधारणसहित दुई पक्षतर्फ गरी १० जनाले ज्यान गुमाएका छन् । प्रहरीतर्फ एक जनाको मृत्यु भएको छ भने प्रहरीको कारबाहीमा विप्वल समूहका ३ जना मारिएका हुन् । त्यस्तै बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।

    बुधबार भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएसँगै विप्लव समूहतर्फ ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । भोजपुरमा भएको घटनमा ओखलढुंगा इन्चार्ज रहेका नीरकुमार राई मारिएका हुन् । यसअघि भोजपुरमा १ र सर्लाहीमा १ जना मारिएका थिए ।

    गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विप्लव समूहका कार्यकर्ता मारिएका थिए । उक्त घटनामा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल मारिएका थिए ।

    यो अवधिमा नेपाल प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको छ । बुधबार भोजपुरमा भएको गोली हानहानमा प्रहरी जवान सञ्जीव राई मारिएका हुन् भने अर्का एकजना प्रहरी घाइते भएका छन् ।

    गत असारमा कुमार पौडेल मारिएको विरोधमा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम विस्फोट हुँदा पाँच जना विप्लवका कार्यकर्ताले ज्यान गुमाएका थिए । उक्त घटनामा थप एक सर्वसाधारणको ज्यान गएको थियो ।

    करिव पाँच महिनाको अवधिमा प्रहरीको कारबाहीमा विभिन्न जिल्लामा गरी विप्लवका ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।विप्लवका गतिविधिमाथि कडा निगरानी गरिरहेको प्रहरीले यो अवधिमा विभिन्न हात हतियार समेत बरामद गरेको छ ।

    बरामद गरिएको तथ्यांक

    • हतियार बरामदः- २३ नाल हतियार (A.M.16-A2-१ थान, L.M.G. राईफल- १ नाल, SLR-१ थान, ३०३ राईफल-३ थान, SMG-२ थान, Pistol- ७ थान, Revelver-३ थान, घरेलु हतियार -५ थान)
    • गोली राउण्ड बरामदी संख्याः- ४१७ राउण्ड
    • डेटोनेटर- ४, डेटकर्ड—३१ मिटर
    • बम बिष्फोटनका घटनाः- १८ वटा
    • बम निष्कृय भएकाः- ९५
    • आगजनी तथा तोडफोडका घटनाः- १० स्थान
    • गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचनाअनुसार हतियार बुझाउनेको संख्या- ४८३
    • गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचना अवधि पश्चात ३५ दिने सुचना जारी भए पछि हतियार बुझाउनेको संख्या- २८
    • कुल जम्मा बुझाईएका हतियार संख्या-५११( अबैध-१८९, बैध-३२२)
    • कुल जम्मा बरामद गोली राउण्ड-९९३( अबैध-५००, बैध-४९३)

    सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनु अगावै २०७५ बैशाख देखि फाल्गुन ९ गतेसम्म कूल १९० जना पक्राउ परेका थिए । जसमध्ये १७२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । प्रतिबन्धपछि फागुन यता ८७ जना विप्लव समूहका कार्यकर्तालाई कारागर चलान गरिएको छ ।

    त्यस्तै, ७० जनामाथि अनुसन्धान थालिएको छ भने विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ५ सय ३६ जना विरुद्ध मुद्दा दर्ता गरिएका छन् । यो अवधिमा सोधपुछपछि ३९ जनालाई छाडिएको र ३ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भई छुटेका प्रहरीको तथ्यांक छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…