• विहान पौने नौ बजे भोजपुर नगरपालिका ७ हटियालाइनको पाँचधारे होटलमा नेकपा विप्लवका कार्यकर्ताहरू अड्डा जमाएर बसेका रहेछन्। चिया खान भनेर सादा पोशाकका प्रहरी सञ्जीव राई ठिक त्यही बेला त्यहीं पुगेछन्।

    नेकपा विप्लवका ओखलढुङ्गा इन्चार्ज नीरकुमार राई आफ्ना दुई कार्यकर्तासहित बसेको अवस्थामा सञ्जीव राई पुग्नु संयोग थियो। तर भोजपुरमै वर्षौंदेखि कार्यरत् सञ्जीव आफ्नो कार्यक्षेत्रमा विप्लव कार्यकर्ताको चहलपहल बढेको वा नीरकुमारको टोली आएको भन्ने बारे जानकार चाहिं हुनुपर्छ।

    अनि, नीरकुमार र सञ्जीवबीच लामो समयदेखि चिनजान भएको बुझिएको छ।

    सञ्जीवले त्यहाँ पुगेर चिया मगाएर खाने क्रममा नीरकुमारसँग जम्काभेट भयो। तत्काल सामान्य कुराकानी हुने क्रममा दुवैबीच चर्काचर्की बढेको भन्ने थाहा पाइयो। त्यतिबेलै विप्लवका कार्यकर्ताहरू रक्सिको मातमा चढिसकेका रहेछन्। अवस्था असामान्य बन्ने क्रममा दुवै पक्षबीच ठेलाठेला, हात हालाहाल हुनथाल्दा नीरकुमारले पेस्तोल झिकेर भन्न थालेछन्–‘तिमीहरूको जस्तो बन्दुक हामीसँग पनि छ।’

    त्यो अवस्थामा सञ्जीवले नीरकुमारलाई पाखुराले घाँटीमा अँठ्ठयाएर नियन्त्रणमा लिने खोजेछन्। त्यही क्रममा नीरकुमारले हातमा भएको पेस्तोलले सञ्जीवको टाउकोमा गोली हान्न भ्याएछन्। सञ्जीव भुईंमा ढलेपछि सादा पोशाकमा भएका अन्य प्रहरीले फायर खोले। नीरकुमार गोली लागी त्यहीं ढले र अर्का एक कार्यकर्ताको तीघ्रामा गोली लाग्यो। बाँकी एक चाहिं त्यहाँबाट भाग्न सफल भए।

    कैलाशकुमार आले, मेयर, भोजपुर नगरपालिका 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…