• काठमाडौँ, २६ असार : चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ ।

    नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

    परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिनुभयो ।

    सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भन्नुभयो, “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदी कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”

    पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा माग्नुभएको बताउनुभयो । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडा प्रहरीमा आउनुपर्ने खालको थिएन तर यसमा मेलमिलाप भइसकेकोे जानकारी दिनुभयो ।

    ‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराउनुभएको थियो । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गर्नु भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…