• काठमाडौँ।
    सिटिजन्स बैंक इन्टरनेसनलको ब्याजदर आकासिदा ग्राहकहरुले हैरानी पाएका छन् । सिटिजन्स बैैंकको कर्जाको ब्याजदर आकासिएर कारोबार गर्न नै मुश्किल पर्ने गरेको छ । बैंकको ब्याजदर यति आकासिएको छ कि यो बैंकबाट कसैले कर्जा लिन नै मुश्किल पर्ने देखिन्छ ।

    बैंकको ब्याजदर बढेको चालु आर्थिक वर्षको पछिल्लो वित्तीय विवरणले नै पुष्टि भइसकेको छ । चालु आर्थिक वर्ष २०७५-७६ को चैत्र मसान्त सम्म अर्थात तेस्रो त्रैमाससम्म यो बैंकको आधारदर (बेस रेट) करिब ११ प्रतिशत रहेको छ । यसमा थप २ प्रतिशत जोडेर बैंकले कर्जा लगानी गर्न पाउने हुँदा बैंकको ब्याजदर आकासिएको हो । यो बैंकले बेस रेटमा २ प्रतिशतसम्ममात्रै होइन अन्य विभिन्न बहाना बनाएर थप शुल्क समेत लिने गरेको छ ।

    ऋण लिन आएका ग्राहकहरुलाई कमिशन दिने भएमात्रै कर्जा मिलाइदिने भन्दै बैंकका कर्मचारीहरुले समेत बार्गेनिङ गर्ने गरेको बैंक निकट श्रोत बताउछ । श्रोतको दावी अनुसार ऋण माग्न गएकाहरुलाई शुरुमा यो बैंकका कर्मचारीहरुले राम्रो रेस्पोन्स गर्दैनन ।कर्जा मिलाइदिए वापत कमिशन दिएमात्रै बैंकका कर्मचारीहरुले फाइल अगाडी बढाउने गरेका छन् । बैंकको यो कर्तुतले गर्दा सेवाग्राहीहरुलाई सेवा लिन नै मुश्किल पर्ने देखिन्छ ।

    के भन्छ सिटिजन्स बैंक ?

    हामीले यस विषयमा बुझ्न सिटिजन्स बैंकसँग सम्पर्क गर्ने प्रयास गर्यौ । बैंकको ब्याजदर आकासिएको विषयमा बैंक आफैले समेत स्वीकार गरेको छ । विविध समस्याका कारण अहिले कर्जा लगानी समेत नभएको बैंक आफैले बताएको छ । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी बोधराज देबकोटालाई सम्पर्क गर्यौ ।

    उनले बैंकको ब्याजदरमा सुधार आउन नसकेको स्वीकार गरे । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत समेत रहेका देबकोटाले अहिले कर्जा लगानी समेत नभएको बताए । उनले भने, क्लोजिङको समय छ, हाम्रोमा मात्रै नभएर सबै बैंकको अवस्था उस्तै हो ।

    राष्ट्र बैंक भन्छ– कारबाही हुन्छ !

    नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ठग्ने वा दुख दिने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौललो केन्द्रीय बैंकबाट लाइसेन्स लिएर कुनै सर्वसाधारणलाई ठग्ने वा अनावश्यक दुःख कसैले पनि दिन नहुने बताए ।

    नीति नियम भन्दा बाहिर गएर कसैले काम गरे कारबाही गर्ने उनले बताए । राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । राष्ट्र बैंकले नै क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्दछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…