• धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राती १३ दिनको शिशु चोरी भएको छ । शिशु चोरीको आरोपमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु बिक रहेका छन् । शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो ।
    लिला विकका श्रीमान् भारतको दिल्ली बस्दैं आएको बताइएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आफु पाल्नका लागि लगेको भनेर बयान दिएको बताए । ‘विक्रि गर्नका लागि लगेको पनि हुन सक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’–डिएसपी न्यौपानेले भने ।
    उनीहरु विरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आएको उनले बताए । १०/ १२ दिनदेखि बच्चा जन्मिए पछि राख्ने वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर हिजो राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको पाइएको डिएसपी न्यौपानेले बताए ।

    चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा हो । बबिताले गत असार १३ गते छोराको जन्म दिएका थिए । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भइरहेको चिकित्सकले जनाएका छन् ।
    लिला विक वर्डामा कुरुवाजस्तो भएर बस्दै आएको थियो उक्त शिशुलाई अर्को मान्छे बोलाएर सबै निदाएको बेला लगेको पाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…