• ओम आचार्य

    एसिया पव्लिकेशन प्रा . ली . वसुन्धरा काठमाण्डौवाट प्रकासित गरिएको पुस्तक श्वास्थ्य र शाररिक शिक्षामा मारवाड़ी समुदायको चरित्र हत्या र संस्कारमाथि नै अपमानजनक असभ्य सव्दावली प्रयोग गरेर कक्षा ७ र ८ मा पाठक्रममा राखेको प्रती आस्चर्य मान्दै खेद र तिव्र भत्सर्ना गरिएको छ ।

    मारवाड़ी समुदायले पाठ्यक्रम विकास केन्द्रवाट स्विकृत भएर आउनु अर्को आस्चर्य व्यक्त गर्दै उक्त पुस्तक अविलम्व जफ्त गरि कस्को लापरवाहीबाट यसरी पठन पाठनमा आएको हो छानविन गरि कार्यवाही हुनु पर्ने भन्दै मंगलवार जील्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र वुझाए।

    प्रधानमंत्री र शिक्षा मन्त्री समेतलाइ वोधार्थ दिएको पत्रमा " माँड़े , नकच्चरो एवं भिरिगीं लागेको सव्दावली प्रयोग भएकोमा अपमानित अपहेलित भएको भन्दै मारवाड़ी सम्वन्धसंघसंस्थाले तुरुन्त जफ्त गरी सच्याउन अनुरोध गरेका छन ।

     

    यसै सन्दर्भमा मोरंग काग्रेसले मारवाड़ी समुदायलाइ लक्षित गर्दै पाठ्यक्रमा भएको चित्र सम्वादको घोर भत्सर्ना गरेको छ । मारवाड़ी समुदायको चरित्र हत्या गर्ने , अपमानित गर्ने , होच्याउदै समुदायको संस्कार मानै चोट पुर्याको ठहर गर्दै अविलम्व पुस्तक जफ्त गर्न माँग गरेको छ।

    आज मोरंग कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै " यस्तो पाठ्यक्रमले कस्तो शिक्षा दिन खोजेको र कस्तो जनसक्ती तयार गर्न खोजेको हो ?भन्दै यस्ले सामाजिक सद्भाव विथोलिने ठहर गर्दै पुस्तक प्रकासन गर्ने एशिया पव्लिकेशन वसुन्धरा काठमान्डौ , माननिय शिक्षामन्त्री , पाठ्यक्रम विकास केन्द्र र सम्वन्धित विध्यालय माथि छानविनगरी कानुन वमोजिम कार्यवाही गरी समाजिक सदभाव कायम राख्न माँग गर्दछ भनेको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…