• काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विट मार्फत कडा जबाफ फर्काएका छन् । उनका मन्त्रीले ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’ भन्ने प्रश्न गरेपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? भन्ने प्रश्न गरेका हुन् ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको भन्दै ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’ भनेका थिए । बाँस्कोटाले संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न गरेका थिए ।

    सरकारका प्रवक्ताको उत्तर दिदै बिहिबार कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भने,'प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न ! `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?'

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बेला बेलामा बोलेका कुरा पार्टी भित्रै तथा सामाजिक सञ्जालमा चर्को आलोचना हुदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…