• काठमाडौं । इंगल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बर्मिङघममा बिहीबार राति भएको सेमिफाइनल खेलमा इंगल्याण्डले अष्ट्रेलियामाथि ८ विकेटको शानदार जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो ।

    इंगल्याण्डले ३२.१ ओभरमै २ विकेटको नोक्सानीमा जित हासिल गर्न सफल भएको हो । जेसन रोयले ६५ बलमा ८५ रन बनाए ।

    जो रुटले ४६ बलमा नटआउट ४९ रन बनाए । कप्तान ओइन मोर्गानले ३९ बलमा नटआउट ४५ रन बनाए भने जोनी बेयरस्ट्रोले ३४ रन बनाए ।

    यसअघि स्टेभेन स्मिथको ८५ र एलेक्स क्यारीको ४६ रनको मद्धतले अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो ।

    क्रिस वोक्स र आदिल रसिदले ३– विकेट लिए । जोफ्रा आर्चरले २ विकेट लिए ।

    सन् १९९२ पछि पहिलो पटक इंगल्याण्ड फाइनलमा पुगेको हो । २७ वर्षपछि फाइनलमा पुगेको इंगल्याण्ड सन् २०१५ को विश्वकपमा पहिलो चरणमै आउट भएको थियो ।

    अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया बाहिरिएको हो ।

    फाइनलमा आइतबार न्यूजिल्याण्ड र इंगल्याण्ड भिड्ने छन् । दुवैले अहिलेसम्म विश्वकपको उपाधि जितेका छैनन् ।
    न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…