• काठमाडौं । नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवाले संयुक्त रुपमा हिजो अबेर सम्म बुढानिलकण्ठ निवासमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको समापनमा लागि परे ।

    हिजो सातौं दिनको सप्ताह ज्ञान महायज्ञ सकेर गुरु, पाहुना र नेता कार्यकर्ताहरुको विदाईमा खटिए । उनीहरुको धर्म प्रतिको आस्था र लगावले आम नागरिक समेत छक्क परे । कांग्रेसमा मात्र होइन मुलकभर उक्त महायज्ञको चर्चा भयो ।

    मुलुकभर हिन्दुराष्ट्रको चर्चा भइरहेका बेला देउवा दम्पतीको महायज्ञलाई पनि उत्तिकै बहसको विषय बनाइएको छ ।

    केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा तत्कालिन एमाओवादी अध्यक्ष हाल नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो ।

    प्रचण्ड स्वयम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा उनले गरेको भैसी पुजाको चौतर्फी विरोध भएको थियो ।

    उनी प्रधानमन्त्री हुदाँ भैसी पुजा गरेको भन्दै कम्युनिष्ट नेताहरुले समेत खुलेर प्रचण्डको आलोचना गरेका थिए । तर शभापति देउवाको यो यज्ञलाई बिरोध भन्दा पनि सहजरुपमा आमनागरिकले लिएका छन् ।

    मुलुकभर र छिमेकी राष्ट्र भारतले समेत नेपाललाई हिन्दु राष्ट्र देख्न चाहेको भन्दै चर्को आवाज घन्किरहेका बेला शभापति देउवा दम्पती धर्मकर्ममा जुट्नुलाई संयोग मात्र मान्न सकिन्न ।

    कम्युनिष्ट नेता प्रचण्डले गरेको भैंसी पूजा सेलाए पनि कांग्रेस शभापति देउवाले गाई समाए हिन्दुत्वको महत्व अथ्र्याएको धार्मिक विश्लेषकहरुको ठहर छ ।

    महायज्ञसँगै देउवा दम्पतीले गाईको पुच्छर समाएर थप धार्मिक महत्व दर्साउन भुमिका खेलेका छन् । महायज्ञमा विभिन्न पार्टीका नेता, कार्यकर्ता लगायत विभिन्न क्षेत्रका गन्यमान्यहरुको बाक्लो उपस्थिती थियो ।

    देउवा पत्नि एवं नेतृ आरजु देउवाको प्रमुख अगुवाईमा उक्त सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको थियो । महायज्ञ पवित्र कार्यक्रम असार १९ गतेदेखि २५ गते सम्म चलेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…