• काठमाडौं,२७ असार । आजको भारी वर्षाले राजधानी काठमाडौं अस्तब्यस्त भएको छ । देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

    अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । मनसुनी समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ ।

    यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भन्ने गरिन्छ । यही रेखाका कारण आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…