• काठमाडौं, २७ असार । मारवाडी समुदायको पकड रहेको सन्राईज बैंकका प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले बैंकमा हाजिर समेत गर्न नपाई राजीनामा गर्न बाध्य भएका छन् ।

    गत जेठ पहिलो साता सन्राईज बैंकको सिईओमा नियुक्ति दिइएका श्रेष्ठले गत बुधबार राजीनामा पठाएका हुन् ।श्रेष्ठलाई नियुक्ति दिइएपछि सन्राईज बैंकको बोर्डमा भाँडभैलो मच्चिएको थियो ।

    बैंकका अध्यक्ष मोतीलाल दुगडले श्रेष्ठलाई नियुक्ति दिलाएकोमा अन्य संचालकहरुले विरोध जनाएका थिए । खासगरी संचालक शैलेन्द्र गुरागाईले चर्को विरोध जनाएका थिए ।

    गुरागाईले मोतीलाल दुगडका दाई मालचन्द दुगडलाई उचालेर निरज श्रेष्ठलाई बैंक छिर्नै नदिएको बैंक स्रोतले जनाएको छ । गुरागाईले श्रेष्ठलाई असक्षम बैंकर भन्दै कुनै हालतमा सीईओ बन्न नदिने अड्डी लिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…