• काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ। यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो।

    विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ। नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो।

    धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।त्यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएको क्षेत्री बताए।

    महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान र अवतरण अवरुद्ध भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…