• विराटनगर : लगातारको वर्षाका कारण मोरङका विभिन्न स्थानमा गरी झण्डै २ सय ५० घर परिवार विस्थापित भएका छन्। बाढीको जोखिममा परेका विस्थापित परिवारलाई स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख रमेशप्रसाद केसीका अनुसार विराटनगर–१ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर ८ हाटखोला दक्षिणी क्षेत्रमा १ सय घर, विराटनगर १६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०/५० घर परिवार विस्थापित भएका छन्। विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको केसीले जानकारी दिए।

    यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिंजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकेको छैन्। अन्दाजी २५÷३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकलसहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

    यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ। प्रमुख जिल्ला अधिकारी केसीले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको छ। प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षीत स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…