• असार २७, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि सार्वजनिक कार्यक्रममा नै दुर्व्यवहार भएको छ ।

    शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औँ सञ्चालक समितिको बैठकका लागि ललितपुरको जावलाखेल पुगेका पण्डितमाथि दुर्व्यवहार भएकाे हो । लोकसेवा आयोगको विज्ञापनलाई लिएर मन्त्री पण्डितमाथि दुर्व्यवहार भएको हो ।

    कार्यक्रम स्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले दुर्व्यवहार गरेपछि उनी बैठक नै छोडेर हिँडेका छन् । कार्यक्रममा उनलाई विद्यार्थीको समूहले लोकसेवाको विज्ञापन खारेज गर, राजीनामा दे लगायतको नारा लगाउँदै कालो झण्डा समेत देखाएको बताइएको छ ।

    उनलाई अंगरक्षकले जोगाएर मन्त्री क्वाटरमा लगेका थिए । बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेका हुन् । मन्त्रीमाथि दुर्व्यवहार भएपछि बैठक स्थगित गरेको आयोजकले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…