• असार २७, सुनसरी । निरन्तरको वर्षाका कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राखेको छ । सुकसेना टोलमा घुँडाघुँडासम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

    भारी वर्षा जारी रहेकाले सो क्षेत्रमा थप उद्धारमा कठिनाइ हुनसक्ने उनले बताए । केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ । गाउँपालिका अध्यक्ष एवं वडाध्यक्षहरुसँग समन्वय गरेर पानीलाई निकास दिने प्रयास गरिरहे पनि भारी वर्षाले कठिनाइ भएको फुयालले बताए ।

    भारदह क्षेत्रमा सप्तकोशी ब्यारेज बनाएर आफ्नो मुलुकमा सिंचाईका लागि पानी लगेको भारतले बनाएको बाँधका कारण सुनसरी डुवानमा पर्दै आएको छ । ठूलो बर्षा हुँदा पानीको निकास नै बन्द हुने भएकाले सप्तकोशी आसपास र सुनसरी क्षेत्रका नागरिकको जीउधन नै जोखिममा पर्दै आएको छ ।

    यतिमात्र हैन अहिले उक्त ब्यारेजको स्पर कमजोर हुँदै गएका छन् । भारतले ब्यारेजको स्पर परिवर्तन गरेको छैन । नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना उच्च रहेको छ । यस्तो खतरा रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ ।

    नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ । घिमिरेका अनुसार ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खतरापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र सावधानी अपनाउनुपर्ने हुन्छ । स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ ।

    अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो । पानीको उचित निकासको अभाव र बन्दै गरेका सडक लगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ । खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…