• ललितपुर : विप्लव समूहका मेची–कोशी ब्यूरो इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यसहित एक दर्जन नेता तथा कार्यकर्ता बिहीबार नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार वैचारिक राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए।

    उनले भने, ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ। हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो। हामी एकजुट हुँदा नै हामी बलियो हुने हो।’

    जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने उनको भनाई थियो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आव्हान गर्दै उनको योगदानको कदर नेकपामा हुने बताए।

    पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आएका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरामा विश्वास नलागेको बताए। उनले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूलाई दिएको सुझावका कारण आफूहरू शान्तिपूर्ण राजनीतिमा आएको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…