• काठमाडौं– विगत ३ दिनदेखि जारी अबिरल वर्षाका कारण देशभर बाढी र पहिरोको प्रकोप बढेको छ ।

    लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्र पनि डुवानमा परेका छन् ।

    डुवानका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ । काठमाडौं उपत्यकामा भएको डुवानका कारण नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि सास्ती खेप्नु परेको छ ।

    शुक्रबार बिहान बागमती करिडोर हुँदै सानेपास्थित पार्टी कार्यालय जान लागेका कोइरालाले टेकु पुलमुनि जमेको पानीका कारण केहीबेर सास्ती खेप्नुपर्‍यो ।

    कोइराला चढेको बा१७च ६६३४ नम्बरको कार टेकु पुलमुनि जमेको पानीमा डुब्न पुग्यो । पानीमा डुबेको कार निकाल्न अर्को गाडीको सहयाता नै लिनु परेको थियो ।

    कोइरालाको कार पानीमा डुबेपछि अर्को गाडी बोलाइ रसीले बाँधेर निकाल्नु परेको थियो ।

    आफू सवार कार पानीमा डुबेपछि कोइराला भने गाडीबाट उत्रिएर केहीबेर सडक छेउको चिया पसलमा रोकिएका थिए ।

    बाढीको पानीमा डुबेको कार निकालेर सफा गरिसकेपछि कोइराला पार्टी कार्यालयतर्फ लागेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…