• काठमाडौं । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशभरका विभिन्न जिल्लामा १२ जनाको ज्यान गएको छ । शुक्रबारमात्रै विभिन्न जिल्लामा ११ जनाको ज्यान गएको थियो भने बिहीबार पहिरोको कारण नै थप एक जनाको ज्यान गएको छ ।

    गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौंको मूलपानीमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । त्यस्तै, पर्सा, रामेछाप सिन्धुली, ललितपुर, धादिङमा समान एक एक जनाको ज्यान गएको छ । त्यस्तै, भोजपुर र काभ्रेमा भने दुई दुई जनाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर पाण्डव राजवंशीले दिएको जानकारी अनुसार रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको हो ।

    बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उनकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । त्यस्तै, रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवार, रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको मकवानपुरमा ज्यान गएको हो ।

    काठमाडौंको मूलपानीमा टहरमा अर्काे घरले किच्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । केन्द्रका अनुसार अहिले १४ जना घाइते छन् भने ८ जना बेपत्ता रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…