•  

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसका सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो। नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बैठकमा विविध सहित १४ वटा एजेन्डा तय गरिएको छ।

    बैठकको सुरुमा भने नियमावलीमाथि छलफल केन्द्रित भएको छ। बैठकमा नेताहरुले भातृ संगठनहरुलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन्। बैठकमा भातृ संस्थाहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पनि केन्द्रिय सदस्य पौडेलले बताए। त्यसैगरी पार्टी अनुशासनको कुरा गर्दा आलोचना गर्न पाउने व्यवस्था राख्नपर्नेमा पनि नेताहरुको जोड छ।

    बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली काँग्रेसले जनाएको छ। यसअघि बोलाइएको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच एजेन्डामा सहमति नभएका कारण स्थगित गरिएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…