• काठमाडौं । सर्वाेच्च अदालतको आदेश र चौतर्फी जनदवावपछि सरकारले बिषादी परीक्षण शूरु गरेको छ । काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ ।

    एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण सरकारले रोकेको थियो । भारतीय दवावमा सरकारले बिषादी परीक्षण रोकेको भन्दै सर्वाेच्च अदालतमा रिट समेत दायर भएको थियो । सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा विहीबार माफी पनि मागेका छन् ।

    चौतर्फी विरोधपछि भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।

    यता शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे । उनले त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे । तरकारी र फलफुल परीक्षणको रिपोट तीन दिनभित्र दिने निर्देशन पनि दिएका छन् । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोट दिन मन्त्रीले निर्देशन दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…