काठमाडौं । काठमाडौंको मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । उनीहरुको स्थायी घर बारा रहेका प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुको शव स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको छ ।