काठमाडौं, असार २७
दुई दिनदेखि परेको अविरल बर्षाका कारण काठमाडौका सडक जलमग्न भएका छन् । सानादेखि ठुला सडकमा ठुलो मात्रामा पानी जमेपछि नेपाली सेना र सशस्त्र प्रहरुले ढुंगा सञ्चालन गरेको छ ।
काठमाडौँको कुलेश्वरस्थित ओरिन्टिएल कोलोनी डुबानमा परेपछि सेनाले डुंगाबाट त्यहाँ बसेका मानिसहरुको उद्धार गरेको छ । प्लास्टिकको डुंगा चलाएर मानिसहरुलाई आवत जातव पनि गराइरहेको छ ।
बास स्थान छोडेकाहरुको अति आवश्यक बस्तु र खाना पकाउने ग्यास समेत सेनाले डुंगाबाट ओसार पसार परिरहेको छ ।