•  

    काठमाडौं । बिहीबार रातिदेखि परेको अबिरल वर्षापछि आएको बाढी र पहिलोमा मुलुकका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार खोटाङमा ३ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन्।

    त्यस्तै पाँचथरमा १ जना बेपत्ता, इलाममा १ जना बेपत्ता, मोरङमा एकजना बेपत्ता, सुनसरीमा एक जना बेपत्ता एकको उद्धार गरिएको, ओखलढुंगामा १ जनाको मृत्यु, भोजपुरमा २ जनाको मृत्यु, पर्सामा १ जनाको मृत्यु भएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।

    त्यस्तै महोत्तरीमा एकजना बेपत्ता, रौतहटमा १ जना बेपत्ता, सिराहामा २ जनाको उद्धार गरिएको, काभ्रेमा २ जनाको मृत्यु, २ जना घाइते, रामेछापमा १ जनाको मृत्यु एक जना घाइते, सिन्धुलीमा एक जनाको मृत्यु, मकवानपुरमा एक जनाको मृत्यु एकजना घाइते, धादिङमा एक जनाको मृत्यु एक जना घाइते, दोलखामा एक जना घाइते, काठमाडौंमा ३ जनाको मृत्यु १ जना खोलाले बगाएको, ललितपुरमा १ जनाको मृत्यु र भक्तपुरमा एकजनाको उद्धार गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालउले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…