• काठमाडौं । रौतहट जिल्लाको गमहरिया, बधहरवा,हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरसहित १० बस्ती सम्पर्क विहिन भएका छन् ।

    गौरको वाग्मती, बरहवा तटबन्ध भत्किएपछि समस्या आएको हो । फतुवा बिजयपुर नं पा को बुनियाद ८ र ७ हर्सहा पुर्ण रुपमा डुवानमा परेको छ ।

    चन्द्रनिगाहपुर लगायतका बस्तीहरुमा पनि बाढी पसेको छ । हिजो मात्रै १९ बस्तुहरु खोलामा फसेका थिएका थिए ।

    अहिले झण्डै १० फिट पानी छ । घर भित्र पानी पसे पछि स्थानियले हारगुहार गरिरहेका छन् ।

    सुसरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेको छ । उद्धारमा कठिनाई भएको जानकारी प्राप्त भएको छ ।

    अधिकांश मानिसहरु छतमा बसेका छन्। पानी पर्न छाडेको छैन्। भारतिय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन।

    भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौर बस्ती संकटमा परेको हो ।

    बाढीले गौर-चन्द्रनिगाहपुर, गरुडा-कटहरीया, देवाही-मौलापुर, गौर-बडहर्वा सडकखण्ड अवरुद्ध भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…