• काठमाडौं। मलेसियाविरुद्धको पहिलो टि–२० अन्तर्राष्ट्रियमा नेपालले ७ विकेटको जीत हात पारेको छ । मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो । शरद भेषावकरले छक्का हान्दै नेपाललाई जीत दिलाएका थिए ।

    नेपालको लागि कप्तान पारस खड्काले ५० बलमा नटआउट ८६ रन बनाए । कप्तान खड्का म्यान अफ द म्याच चुनिए । उनले ८ चौका र ५ छक्का हाने । शरद भेषावकरले १६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका लागि अनवर रहमानले २ र फित्री सामले १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । मलेसियाका लागि विरन्दिप सिंहले ५७, कप्तान अहमद फैजले ४५ र फित्री सामले१२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालको लागि करण केसीले ३, सन्दिप लामिछाने र बसन्त रेग्मीले २–१ तथा सोमपाल कामीले १ विकेट लिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…