• प्राचीन कालमा हजारौं धर्महरु प्रचलनमा थिए । त्यतिबेला धर्म नै राज्य सञ्चालनको मूल आधार हुन्थ्यो । न्याय निसाफको लागि धर्मकै सहारा लिने गरिन्थ्यो । मान्छेहरुमा धर्मको त्रास थियो । जसले गर्दा उनीहरु धर्मको डरले पनि नरम्रो काम गर्न सक्दैन थिए । यी हजारौं धर्महरु ईस्लाम र ईसाई धर्मको आगमनसँगै लुप्त भएर गए । अहिले त एक अनुमानित सर्वेक्षण अनुसार विश्वमा करिब ३ सयको हाराहारीमा मात्रै धर्महरु रहने गरेका छन् ।

    कुनैपनि देशमा धेरै धर्महुनु राम्रो पनि मानिन्छ । यद्यपि कट्टरपन्थी सोचका कारण विश्वबाट धेरै धर्महरु हराएर गएका इतिहासहरु देख्न सकिन्छ । यी सयौं धर्महरु मध्ये पनि मूल धर्मको रुपमा भने ७ वटा धर्म नै प्रचलनमा रहेको पाउन सक्दछौं । ती हुन् हिन्दू, जैन, बौद्ध, सिख, ईसाई, इस्लाम, यहूदी र वुडू। यसको अलावा पारसी, यजीदी, जेन, शिन्तो, पेगन, बहाई, ड्रूज़, मन्देन्स, एलामितेस आदि धर्म मान्ने संख्या भने निकै कम छ ।

    इतिहासको हिसाबले हेर्दा अहिलेसम्म प्रचलनमा आएको धर्महरु मध्ये सबैभन्दा पुरानो सनातन हिन्दू धर्म नै हो । अहिले सबैभन्दा धेरै मानिसहरुले मान्ने गरेको ईस्लाम र ईसाई धर्म त केही सय वर्ष पहिलो मात्रै आएको हो । अरु धर्महरुको इतिहास सय वर्षमा गणना गरिन्छ भने हिन्दू धर्मको हजारमा । विभिन्न मूलभूत धर्महरुको इतिहासलाई तल उल्लेख गरिएको छ ।

    १ हिन्दू धर्म

    स्वायम्भुव मनु ९०५७ ईसा पूर्वका हुन्, वैवस्वत मनु ६६७३ ईसा पूर्वका हुन्, श्रीरामको जन्म ५११४ मा भएको थियो र श्रीकृष्णको जन्म ३११२ मा भएको थियो । यसरी हिसाब गर्दा १२ देखि १५ हजार वर्ष पुरानो वर्तमान शोधानुसार ज्ञात रूपले यो धर्मलाई लगभग २४ हजार वर्ष पुरानो धर्म मान्ने गरिन्छ । पौराणिक मान्यता अनुसार यो धर्म ९० हजार वर्ष प्राचीन धर्महो भन्न सकिन्छ ।

    २ जैन धर्म

    जैन धर्मका प्रथम तीर्थंकर ऋषभनाथ स्वायम्भुव मनु ९९०५ ईसा पूर्व० देखि पाँचौ पिढीसम्म यसरी आए । स्वायम्भुव मनु, प्रियव्रत, अग्नीघ्र, नाभि र ऋषभ। यसरी आएका २४ औं तीर्थंकर महावीर स्वामीले यस धर्मलाई एक नयाँ व्यवस्था दिए ।

    ३ यहूदी धर्म

    आजभन्दा लगभग ४ हजार वर्ष पुरानो यहूदी धर्म वर्तमानमा इजराइलको राजधर्म हो। हजरत आदमको परम्परामा अघि चलेर हजरत इब्राहिम भए र फेरि हजरत मूसा। ईसाको लगभग १५०० वर्ष पहिले जन्मिएका ह। मूसाले यहूदी धर्मको स्थापना गरेका थिए ।

    ४ पारसी धर्म

    पौराणिक इतिहास अनुसार ईसाको लगभग १२०० देखि १५०० वर्ष पहिले पूर्वी ईरानमा महात्मा जरथुस्त्र थिए । उनले नै पारसी धर्मको स्थापना गरेका हुन् । यो धर्म कहिलेकाहिँ इरानको राजधर्म हुने गर्दथ्यो । इतिहासकारहरुको मत अनुसार जरथुस्त्र १७०० देखि १५०० ईपूको बीचमा जन्मिएका थिए ।

    ५ बौद्ध धर्म

    ईसाई र इस्लाम धर्मभन्दा पहिले नै बौद्ध धर्मको उत्पत्ति भएको थियो । गौतम बुद्धको जन्म ईसाको ५६३ वर्ष पहिले जब कपिलवस्तुकी महारानी महामाया देवीको कोखबाट लुम्बिनी बनमा भएको थियो ।

    ६ ईसाई धर्म

    हजरत इब्राहिमको परम्परामा अघि बढेर ५ औं ईसा पूर्व ईसा मसीहाको जन्म भयो । उनको जन्म फिलिस्तिनको बेथलेहममा नाजारेथको एक यहूदी परिवारमा भएको हो । ईसा मसीहाको १२ औं शिष्यले ईसाई धर्मलाई स्थापना गरेका हुन् ।

    ७ इस्लाम धर्म;

    हज। मुहम्मद अलै। को जन्म सन् ५७१ ईस्वी। मा मक्कामा पीरको दिन भएको थियो । उनैले इस्ला‍म धर्मको स्थापना गरेका हुन् । पछि गएर खलिफाहरुले यस धर्मलाई फैलाए ।

    ८ सिख धर्म

    सिख धर्मको दश गुरुहरु मध्ये प्रथम हुन् गुरु नानक । जसको जन्म १४६९ मा तलवण्डी, पञ्जाबमा भएको थियो । यसको हिस्सा अहिले पाकिस्तानमा पर्दछ । सिख धर्ममा कुल १० गुरुहरु भए । अन्तिम गुरु गोविन्दसिंह जी थिए।

    ९ दुनियामा शिन्तो, ताओ, जेन, यजीदी, पेगन, वूडू, बहाई धर्म, अहमदिया, कन्फ्यूशियस, काओ दाई आदि अनेक धर्म छन् तर यी सबै धर्महरु उपरोक्त धर्मबाट निस्किएको धर्म हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…