• मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को नेतृत्वले बक्राहा खोला कटानको अवस्थाबारे निरीक्षण गरी तत्काल कटान रोक्न अस्थायी तटबन्धन निर्माणको लागि आफै खटिरहेका छन् ।

    सांसद लिम्बुले बताए - कटान तीब्र गतिबाट भइरहेकोछ, ७० प्रतिसत काम भइसक्यो र आज सम्ममा सबै काम गरिसक्ने रातोकलामलाई जानकारी दिए । मानव वस्तीमा पस्ने खतरा बढेकाले उच्च सतर्कता अपनाउन पनि सांसद लिम्बुले आग्रह गरेका छन् ।

    कटान रोक्न सबै निकायसँग समन्वय गरीरहेको उनले बताए, उर्लाबारी प्रहरी सशस्त्रका सहायक निरिक्षक देव काण्ड चौधरीको नेतृत्वमा २५ जाना र बक्राहा खोला केन्द्रिय विभागका इं पेक्टर राम प्रसाद तिमिल्सिनाको नेतृत्वमा १५ जना र स्थानीय बासिन्दा गरि जम्मा ४० जना भन्दा बडी सो स्थानमा स्थलगत अस्थायी तटबन्धन निर्माणको काममा खटि रहेको सांसद लिम्बुले जानकारी दिए ।

    सांसद लिम्बू सहितको टोली हिज बेलुका ७ बजेदेखि कटान स्थलमै स्वयम आफैखटी रहेका छन् । जनताको सांसद लिम्बू यानिकि कुलप्रसाद साम्बा (कुशल) एउटा उधारणिय सांसद बनेका छन् सांसद लिम्बुबाट अरुले पनि केहि  सिक्ने कि ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…