• गोपाल पोखरेल
    विराटनगर । विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले राम्रो संग खाना खान नपाएको ५ दिन भयो,विराटनगर ७ का अध्यक्ष मधुबाबु तिवारीले भन्नुभयो । बर्षात भएसंगै जलमग्न भएको विराटनगर क्षेत्रमा जनतालाई पर्ने समस्यामा परेकाहरुको उद्दार तथा राहात वितरण र स्वास्थ्य उपचारमा खटिएका जनप्रतिनिधिले राम्रो संगखान र सुत्न नपाएका हुन । उद्दार र राहातको काम सकिएको ५ दिनमा बल्ल तल्ल विराटनगर ७ मा बाढी पिडीत बालवालिका , महिला र पुरुषहरु संगै बसेर मेयरले खाना खाँदै दुखमा साथ दिए ।

    उपप्रमुख ईन्दिरा कार्कीको ब्रत परेकाले उनले खाईनन । तर पराजुलीलाई उपप्रमुख कार्कीले संगै उभिदिएर साथ दिईन । त्यस्तै विराटनगर ७ का अध्यक्ष मधु तिवारी , विभिन्न वडाका वडा सदस्यहरुले संगै खाना खान साथ दिएका थिए ।
    निरन्तरको बर्षाका कारण प्रभावीत भएको महानगरमा भने मानवीय क्षति भएन । महानगरपालिका ८ को सुकुम्बासी बस्ती, १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, १५ को पारिजात र मुसहर टोल, ६ को ब्रम्हपुरा र रामपुर, १२ को सिमरिया र बखरी, क्षेत्रका बाढी पिडितलाई खानपिन , बासस्थान, स्वस्थ्य उपचारको प्रभावकारी व्यवस्था मिलाईएको विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले बताईन । त्यसैगरी मोरंगमा बिगत ३ दिनमा मोरङमा मात्र ३ जना वेपत्ता भएका छन् ।

    लोहन्द्रा खोलाले बगाई कटहरीका ४ का ५० बर्षीय सोभा सोरेन र जहदा गाउँपालिका ५ वस्ने बर्ष १६ को आदर्श पोदारलाई लोहन्द्रा खोलाले बगाएर बेपत्ता पारेको हो । उनीहरु मध्ये सोरेन पानीको अबस्था बुझ्नका लागि खोला किनारमा गएको बेला बगाएको हो । मोरङको केरावारी रंगेली सडक खण्डमा आएको गेउरिया खोलाले बगाएर नाम खुल्न नसेकेका एकजना बेपत्ता भएका छन् । यता बेलवारीमा पर्शुराम राईको नालीको पानीमा डुबेर मृत्यु भएको छ । हाल सम्म मोरंगमा एक हजार दुई सय परिवार बाढीले विस्थापीत भएका छन। सो परिवारका ३ हजार ७ सय मानिसको विचल्नी भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…