• उर्लाबारी, २९ असार ।
    मोरङको उर्लाबारी नगपालिकाको आईतबार साँझ सम्पन्न चौथो नगरसभामा उर्लाबारीका दुई पत्रकार पुरस्कृत भएका छन् ।
    उर्लाबारीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पत्रकार रुपेन्द्र शेर्मा र सुमन घिमिरे पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले नगरमा पत्रकारिता क्षेत्रमा योगदान पुयाउँदै आएका प्रत्येक दुई जना पत्रकारलाई सञ्चार क्लब उर्लाबारीको समन्वयमा वर्षेनी पुरस्कृत गर्दै आएको छ । नगसभामा पत्रकार शेर्मालाई रु २५ हजार राशीको विकाश पत्रकारिता पुरस्कार र पत्रकार घिमिरेलाई रु २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । शेर्मा प्रतिदिन दैनिक र रेडियो इन्द्रेणी तथा घिमिरे प्राइम एफ.एम. र राससमा कार्यरत रहेका छन् । नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले पत्रकारद्धयलाई पुरस्कृत गर्नुभएको थियो । यस्तै नगसभामा उत्कृष्ट कर्मचारीका रुपमा लेखा अधिकृत गोविन्द कार्की र कम्प्युटर प्राविधिक सुमित खवासलाई जनही २५ हजार राशी र सम्मान् पत्रले पुरस्कृत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…