• २०७६ आषाढ २९ आइतवार

    लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ ।

    ‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन, आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कसम्म मसाल जुलुस निकालिएको हो ।

    मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो ।

    प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत नियन्त्रण गरेको छ । मसाल जुलुस निकालने क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई जबर्जस्ति नियन्त्रण लिएको छ ।

    आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे । ‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

    उनले भने आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे ।
    आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने समेत चेतावनी दिए ।

    नेवा समुदायको तर्फबाट श्रीकृष्ण महर्जनले समापन सभामा बोलेका थिए । महर्जनले आरक्षणको आन्दोलनमा नेवा समुदायको पूर्ण रुपमा ऐक्यवद्धता रहेको बताए । उनले भने, ‘हामी यो आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्छौ ।’

    दलित समुदायको तर्फबाट बुद्धी नेपालीले भने आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले देश चलाएको छ कि कर्मचारीले ? भन्दै प्रश्न गरे । आयोगको विज्ञापन तत्काल सच्याउन आग्रह गरेका हुन् ।

    मधेसीको प्रतिनिधित्व गर्दै विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए ।
    वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । उनले भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…