• काठमाडौं, ३० असार । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका एक दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । राजमार्गमा गएको पहिरोका कारण १४ वटा जिल्लामा सडक अवरुद बनेको छ । मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र कर्णाली राजमार्गमा यातायात ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौंबाट विभिन्न जिल्लामा जान समस्या भएको छ ।

     

    सिन्धुलीको फिकल गाउँपालिका ६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो आएका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । रौतहटको चपुर–गौर सडकखण्ड र महात्तरीको जलेश्वर–जनकपुर सडकखण्ड पनि अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पुनः बन्द भएको छ ।

    नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ मा बाढीका कारण जाँदा सिद्धिचरण राजमार्ग बन्द छ जसका कारण पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ र सोलुखुम्बु आवत जावत गर्ने यात्रुहरु बाटोमै अलपत्र परेका छन् । तीन जिल्लाको सम्पर्क टुटेको छ । त्यस्तै ललितपुरको भट्टेडाँडा आग्राङ टुङ्गन जाने शान्ति लोकपथ पनि बन्द छ ।

    सुर्खेत–कालिकोट–जुम्ला जाने कर्णाली राजमार्ग २८ गतेदेखि बन्द छ । कालिकोटको शुभकालिका गाउँपालिका १ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्गमा आवात जावत ठप्प भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…